कर्णाली प्रदेश प्रमुख कलौनीद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको शुभकामना


स्काई न्यूज /जेठ २१, सुर्खेत ।
कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा कर्णाली प्रदेशवासीलाई शुभकामना व्यक्त गर्नु भएको छ । उहाँले जातीय भेदभाव, छुवाछूत र सबै किसिमका विभेदकारी कुप्रथाको अन्त्य गर्ने काममा सबै जातजाति, धर्म संस्कृतिका नागरिक तथा सरोकारवाला सबैलाई सक्रिय भएर लाग्न आव्हान गर्दै दिवसको अवसरमा शुभकामना व्यक्त गर्नु भएको हो ।

दिवसयसबाट दलित समुदाय माथि भएका विभेद र उत्पीडन क्रमशः अन्त्य हुने आधार निर्माण हुँदै गएको महसुस गरेको छु,’ प्रदेश प्रमुख कनौनीद्वारा प्रेस विज्ञेप्तीमा भनिएको छ, ‘दिवसले जातीय भेदभाव तथा छुवाछूत रहित समाज निर्माण गर्ने प्रेरणा दिने विश्वास गरेको छु ।’ नेपाल सरकारले २०६३ साल जेठ २१ गतेदेखि जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको उपलक्ष्यमा हरेक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका रुपमा मनाउँदै आएको छ ।

विविध जातजाति र धर्म संस्कृति बीचको एकता नै नेपाली समाजको विशेषता हो । नेपालमा जातीय छुवाछूत, उत्पीडन र विभेदको अन्त्य गर्न राष्ट्रिय दलित आयोगलाई संवैधानिक अङ्गको मान्यता दिइएको छ । राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागिता हुने संविधानको मौलिक हकले सुनिश्चित गरेको छ । जातीय तथा अन्य छुवाछूत र भेदभाव (कसूर र सजाय) ऐन २०६८ (संशोधन) २०७५ र जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) नियमावली, २०७४ जस्ता कानुनहरु निर्माण भई कार्यान्वयनमा रहेका छन् ।

Translate »