राउटे युवतीसँग दुर्व्यवहार गर्नेलाई कडा कारबाही गर्न गुराँस गाउँपालिकाको माग
सुर्खेत । जंगलमा फिरन्ते जीवन विताउदै आएका लोपन्मुख राउटे समुदायका युवतीसँग दुव्र्यवहार गर्नेलाई कडा कारबाही गर्न माग गरिएको छ । राउटे समुदायका लागि परिचयपत्र उपलब्ध गराउँदै संरक्षणका गरिरहेको दैलेखको गुराँस गाउँपालिकाले विज्ञप्ती जारी गर्दै घटनामा संलग्न दोषीलाई वास्तविकता छानविन गरि कानुनबमोजिम कारबाही गर्न माग गरेको हो ।
‘फिरन्ते जीवन बिताइरहेका राउटे समुदायका युवतीसँग एक होटलको बन्द कोठामा अश्लिल क्रियाकलाप गरेको भिडियो विभिन्न सञ्चारमाध्याम र सामाजिक सञ्जालमा सार्वजनिक भैरहेको प्रति यस गाउँपालिकाको गम्भिर ध्यानाकर्षण भएको छ ।’ गाउँपालिकाका अध्यक्ष खेमराज वलीद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘सञ्चारमाध्यममा प्रकाशित समाचार अनुसार गुर्भाकोट नगरपालिका–९ भुल्केका चमन घर्ती (जोगी), भुपेन्द्र बुढा र होटल संञ्चालक बिनोद पुनलाई घटनाको वास्तविकता छानबिन गरी कानुनको दायरमा ल्याई हदैसम्मको कारबाहीका लागि जोडदार माग गर्दछौं ।’ (दुल्लु खबर)