२०८३ साउन १ , शुक्रबार
Sky News Nepal
२०८३ साउन १ , शुक्रबार

बयालपाटा अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द



टेकराज भण्डारी/ अछाम । अछाम जिल्लाको बयालपाटा अस्पतालले आकस्मिक र कोभिड–१९ बाहेकका सेवा बन्द गरेको छ ।

अस्पतालमा कार्यरत धेरै कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना भाईरस ९कोभिड–१९० को संक्रमण देखिएपछि आजदेखि एक हप्ता सम्मका लागि अन्य सेवा बन्द गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालमा कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मीमा संक्रमण बढी देखिएपछि यसको संक्रमण समुदाय स्तरमा फैलिन सक्ने भन्दै एक हप्ताका लागि अन्य सेवा बन्द गरिएको अस्पतालका मेडिकल तथा शल्य चिकित्सा निर्देश डा। मन्दिप पाठकले बताउनुभयो ।

बयालपाटा अस्पतालबाट गरेको पहिलो र दोस्रो पटक स्वाब सङ्कलन गरी कमलबजार पठाइएका मध्ये पहिलोमा २८ मा २८ जना र दोस्रो पटक १६ मा १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २०७८ जेठ २३ गते आइतबार
Translate »