सल्यान अस्पतालमा निषेधाज्ञाको समयमा २४ शल्यक्रिया

दीपक शर्मा/ सल्यान। विश्वभर फैलिएको कोरोना भाइरसले देश नै अस्तव्यस्त भइरहँदा सल्यान जिल्ला अस्पताले पनि शल्यक्रिया लगायतका अन्य सेवालाई निरन्तरता दिई रहेको छ ।

निषेधाज्ञाले ओपिडी सेवा बन्द गरे पनि स्वास्थ्य मापदण्ड अपनाएर इमर्जेन्सी शल्यक्रिया लगायत गर्भवती, सुत्केरी, परिवार नियोजन, र्दीघरोगको चेकजाँच र उपचार भइरहेको अस्पताले जनाएको छ । वैशाख ६ गतेदेखि २४ वटा साना तथा ठुला शल्यक्रिया गरिएको अस्पतालका डा. प्रदीप शर्माले जानकारी दिए । उनका अनुसार २० वटा प्रसूति शल्यक्रिया, ३ वटा हाडजोर्नी सम्बन्धी र १ हर्नियाँको सफल शल्यक्रिया गरिएको छ । कोरोनाले जिल्ला बाहिर जान सक्ने अवस्था नरहेकाले पनि अस्पतालमा शल्यक्रियाका लागि सेवाग्राही आउने डा. शर्माले बताए ।

सिमित स्रोत साधनका बिचबाट सल्यान अस्पतालले गरेको सफल उपचारलाई थप व्यवस्थित गर्न प्रदेश र सङ्घले ध्यान दिए आगामी दिनमा सेवा विस्तार गर्न सहज हुने अस्पतालका चिकित्सक बताउँछन् ।

Translate »