जमुनाह नाकामा भारत पस्नेहरुको लर्को

जावेद अन्सारी / बाँके जेठ २७ गते ।
भारतमा कोरोना भाइरस संक्रमण क्रमश घट्दै गएपछि नेपालका पहाडी क्षेत्रका नेपालीहरु रोजगारीका लागि भारत जान थालेका छन् । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकहरु रोजगारीका लागि भारत जानेक्रम सुरु भएको हो ।पश्चिमी नाका भएर भारत जानेको संख्या पछिल्ला केही दिन देखि बढ्न थालेको छ। नेपालगन्जको जमुनाहस्थित प्रहरी चौकीका इन्चार्ज विष्णु गिरीका अनुसार, दैनिक ३ सयको हाराहारीमा नेपालीहरु भारत गइरहेका छन् । यस्तै भारतबाट अहिले दैनिक ६ सयको हाराहारीमा नेपालीहरु जमुनाह नाका भएर फर्किरहेका छन् । ‘अहिलेसम्म भारतबाट फर्किनेको संख्या धेरै थियो, दुई दिनयता भारत जाने बढ्दै छन्’ गिरीले भने, ‘भारतमा कोरोना महामारी कम भएपछि फेरि नेपाली फर्किन थालेका छन् ।’ नेपालगञ्ज नाकाबाट अचेल दैनिक ५ देखि सात सयसम्म नेपाली घर फर्किरहेका छन् । दुई दिनयता ३–४ सय नेपाली भारततिर जान थालेका छन् ।

 

जमुनाहाका इन्चार्ज गिरीले भारत जानेको संख्या दैनिक बढिरहेको बताए।नेपालीहरु मौसमी कामका लागि भारतका विभिन्न स्थानमा जाने गरेका छन् । यसक्षेत्रका नागरिकहरुको रोजगारीको प्रमुख गन्तव्य भनेकै भारत हो । भारतको खासगरी महाराष्ट्र, हिमाञ्चल प्रदेशमा नेपालीहरु कामको शिलशिलामा पुग्ने गरेका छन् । आयस्तर निम्न भएका ती मानिसहरु रोजीरोटीको लागि भारत पस्ने गरेका हुन् ।
भारत फर्किने नेपालीको यतिबेला नेपालगञ्जमा लाइन देखिने गरेको छ ।

कोरोना भन्दा पनि छाक टार्ने समस्याले गर्दा उनीहरु भारततिर हिँडेका छन् । भारतमा महामारी फैलिएपछि घर फर्किएका थिए । महामारी अलिकति कम हुने बित्तिकै फेरि उतै लागेका छन् ।नेपालगञ्ज नाकामा केही दिनयता भारत जानेको भिड नै देखिन्छ । प्रहरी ब्यारेल कट्न उनीहरु तछाडमछाड गर्छन् । नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाले इन्ट्री गरेर पठाउने परिपाटी मिलाएको छ ।

कर्णाली प्रदेशको दैलेख, जाजरकोट, रोल्पा, स्कुम, सल्यानका बढि मानिस भारतमा मौसमी कामका लागि जाने गर्दछन् । यी नेपालीहरु भारतमा महामारी फैलिएपछि र बर्खा लगाउने हिसाबले फर्केका थिए । पहाडमा जेठमै मकै छर्ने र धान रोप्ने काम सक्ने भएकाले उनीहरु फेरि मौसमी कामका लागि भारत हिँडेका हुन् । अहिले गएका नेपाली दसैँ र तिहारमा फर्किने गर्छन् ।

अनलाइन खोजखवरसँग कुरा गर्दै जमुनाह नाकाका इन्चार्ज गिरीका अनुसार, आधार कार्ड, रासन कार्ड तथा लामो समय भारतमा बसेर काम गरेका नेपालीहरुलाई जमुनाह नाकाबाट जान दिने गरिएको उनको भनाइ छ । भारत जाने नागरिकहरुको सहजताका लागि रुपैडियामा भारतीय ट्राभल्स एजेन्सीहरुले कार्य गर्दै आएका छन् ।सहज गन्तव्यका लागि आउने समस्या समाधानका लागि आफुहरुसँग गुनासो नआएको उनको भनाइ छ । लकडाउनका कारण नाकामा ट्राभल्स बन्द छन् । जमुनाह नाकाका प्रहरी इन्चार्ज गिरी आफ्नो ज्यानको सुरक्षाको प्रवाह नगरि नाकाको व्यवस्थापनमा खटिएका छन्।

 

Translate »