२०८३ असोज १४ , बुधबार
Sky News Nepal
September 30, 2026

आन्तरिक स्रोतबाट ६० करोड राजस्व संकलन गर्ने कर्णाली प्रदेशको लक्ष्य



असार ३, सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/ ७९ मा आन्तरिक स्रोतबाट ६० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

आगामी बजेटको स्रोतबारे जानकारी दिंदै आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले आन्तरिक राजस्व वृद्धि गर्ने जानकारी दिए ।

आगामी आर्थिक वर्षको लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट ६० करोड रुपैयाँ, चालू आर्थिक वर्षको खर्च नभई बाँकी रहन जाने अनुमानित रकम १२ अर्ब ९२ करोड १६ लाख ८१ हजार  रुपैयाँ, संघीय सरकारबाट राजस्व बाँडफाँट वापत प्राप्त हुन आएको रकम ७ अर्ब ४४ करोड ७७ लाख  रुपैयाँ, वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको १० अर्ब १४ करोड २१ लख  रुपैयाँ र सशर्त अनुदानबाट  ३ अर्ब ९८ करोड ७७ लाख  रुपैयाँ परिचालन गरिने बताइएको छ ।

त्यसैगरी संघीय सरकारबाट प्राप्त हुने समपूरक अनुदान वापत ८१ करोड ३५  लाख  रुपैयाँ र विशेष अनुदान वापत ६१ करोड ३० लाख  रुपैयाँ  प्राप्त हुने अनुमान गरिएको छ ।

साथै वैदेशिक सहायताबाट सञ्चालित हुने कार्यक्रम तथा आयोजना कार्यान्वयनको लागि २ करोड ९ लाख ५५ हजार  रुपैयाँको स्रोत परिचालन हुनेछ ।

प्रकाशित मिति : २०७८ असार ३ गते बिहीबार
Translate »