२०८३ असोज १३ , मंगलबार
Sky News Nepal
September 29, 2026

वर्षाले भत्कायो कारागार पर्खाल



मान्म। लगातारको वर्षाका कारणले जिल्ला कारागार कालिकोटको पर्खाल भत्किएको छ । पुरानो जीर्णोद्धार भवनसहितको चिरा परेको पर्खा वर्षाले भत्काएको हो ।

कारागारको पर्खाल भत्किँदा कैदी बन्दी जाखिममा परेका छन् । जेलर नरबहादुर सार्कीले १५ मिटर जति पर्खाल भत्कि सकेको जानकारी दिए । “कारागारको एउटातर्फको पर्खाल भत्किएको छ र अर्कोतर्फ पर्खाल भत्किन लागेको छ”, उनले भने, “पर्खाल भत्किँदा कारागार सुरक्षामा खटिएका प्रहरीले पाल टाँगेर सुरक्षा दिएका छन् । कैदी बन्दी पनि जोखिममा परेका छन् ।”

पच्चीस जनाको क्षमता भएको ‘घ’ श्रेणीको कारागारमा हाल कारागारमा ७४ कैदी बन्दी रहेको छन् । २०३२ सालमा बनेको कारागार भवनको अति जीर्ण अवस्था भएका कारण ०७३ साल चैत १३ मा एक जना कैदी भागेका थिए ।

कालिकोटका खाडाँचक्र र तिलागुफा नगरपालिका, शुभकालिका, नरहरिनाथ , पचालझरना र पलाता गाउँपालिकामा २७ घरटहरा भत्किँदा १३७ जना विस्थापित भएका छन् ।

जिल्लाका केही स्थानीय तहबाट पहिराको क्षतिबारे विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भुपेन्द्र शाहीले बताए। उनले नरहरिनाथ–९ लालुको शीतल पानीको दलित बस्ती पनि पहिराका जोखिममा परेको जानकारी दिए। (रेडियो नेपाल)

 

प्रकाशित मिति : २०७८ असार ६ गते आइतबार
Translate »