बाँकेमा खुकुलो बनाउँदै थपियो निषेधाज्ञा

बाँके । जिल्ला प्रशासन कार्यालय, बाँकेले निषेधाज्ञालाई असार १४ गतेसम्म लम्ब्याएको छ।

प्रशासनले वैशाख १३ गतेदेखि सात-सात दिन निषेधाज्ञाकाे अवधि बढाउँदै आएको छ। पछिल्लो समयमा निषेधाज्ञालाई खुकुलो बनाउँदै लगिएको छ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बिहान ९ देखि चार बजेसम्म पसल व्यवसाय सञ्चालन गर्न सकिने बताए।

शुरुमा सातदेखि नौ बजेसम्म कायम गरिएको खाद्यान्न पसल सञ्चालनको अवधि अपरान्ह चार बजेसम्म पुगेको छ।

जिल्लाम अझै कोरोनाको जोखिम रहेकाले र नियन्त्रणलाई प्रभावकारी बनाउनका लागि १४ गतेसम्म निषेधाज्ञालाई बढाइएको छ।

बाँकेमा वैशाख १३ गतेदेखि नै निषेधाज्ञा लगाइएको छ।

त्यसअघि नेपालगञ्ज क्षेत्रमा वैशाख ९ गतेदेखि निषेधाज्ञा लगाइएको थियो।

बाँकेमा संक्रमणदर न्यून भइसकेकाले निषेधाज्ञाको औचित्य नरहेको आवाज उठिरहेको बेलामा स्थानीय प्रशासनले १४ गतेसम्म निषेधाज्ञालाई बढाएको छ ।(सत्यपाटी)

Translate »