२०८३ असोज १३ , मंगलबार
Sky News Nepal
September 29, 2026

हवाई उडान खोल्ने सरकारको निर्णय



काठमाडौं : कोरोना भाइरस संक्रमणका कारण बन्द गरिएको आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान सरकारले खोल्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेको हो। जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मको लागि कूल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक हवाई उडान सञ्चालन गर्ने व्यवस्था संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मिलाउने मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ।

पहिलो चरणमा काठमाडौंबाट दोहा, इस्तानबुल, दुबई, दमाम, कुवेत सिटी, मस्कट, क्वालालम्पुर, सियोल, टोकिया र छेन्दुमा उडान सञ्चालन गर्ने निर्णय गरेको हो। यी रुटमा नेपाल वायुसेवा निगम र सम्बन्धित देशका वायुसेवा प्रदायकले नियमित दुईतर्फ उडान गर्ने व्यवस्था मिलाउन पनि सरकारले नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ।(थाहा संवाददाता)

प्रकाशित मिति : २०७८ असार ८ गते मंगलबार
Translate »