प्रधानमन्त्रीद्वारा मन्त्रीहरुको जिम्मेवारी हेरफेर : एउटै मन्त्रीको भागमा ५ ओटा मन्त्रालय

असार १०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्नुभएको छ । प्रधानमन्त्री ओलीले रिक्त रहेका मन्त्रालयको जिम्मेवारी अहिले कायम रहेका ४ जना मन्त्रीलाई नै दिनु भएको हो ।
प्रधानमन्त्रीले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राख्नुभएको छ भने उपप्रधानमन्त्री विष्णु पौडेललाई पाँच ओटा मन्त्रालयको जिम्मेवारी दिनुभएको छ ।

प्रधानमन्त्रीले उपप्रधानमन्त्री पौडेललाई अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिँचाइ र गृह मन्त्रालयको जिम्मेवारी दिनुभएको हो ।

त्यस्तै मन्त्री कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, श्रम रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिनुभएको छ ।
मन्त्री बसन्तकुमार नेम्वाङलाई कृषि तथा पशुपन्छी विकास, खानेपानी, भौतिक पूर्वाधार, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिनुभएको हो ।
मन्त्री लीलानाथ श्रेष्ठलाई कानून, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिनुभएको छ ।

