११ महीनामा १ खर्ब २१ अर्ब बराबरको स्वदेशी वस्तु निर्यात

असार ११, काठमाडौं । चालू आर्थिक वर्ष २०७७/ ७८ को ११ महीनामा ३७ दशमलव ७८ प्रतिशतले निर्यातमा वद्धि भएको छ ।

यसअघि न्यून मात्रामा निर्यात हुने गरेकोमा पछिल्लो समय आयातसँगै निर्यातमा वद्धि हुन थालेको हो । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७/ ७८ को ११ महीना (साउनदेखि जेठ) सम्मको तथ्याङ्कअनुसार यस अवधिमा १ खर्ब २१ अर्ब २५ करोड ३९ लाख रुपैयाँ बराबरको स्वदेशी वस्तुको निर्यात भएको हो । गत वर्षको सोही अवधिमा ८८ अर्ब ३१ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।

यसैगरी एघार महिनामा १३ अर्ब ८३ अर्ब ३६ करोड ४९ लाख रुपैयाँ  बराबरको विदेशी वस्तुको आयात भएको छ । गत आवको सोही अबधिको तुलनामा २५ दशमलव ६७ प्रतिशतले आयातमा वद्धि भएको छ ।

गत आवमा सोही अबधिमा ११ खर्ब ८१ करोड ३४ लाख रुपैयाँ  बराबरको वस्तु तथा सेवा आयात भएको थियो । जेठमा मात्रै १ खर्ब २९ अर्ब २५ करोड ४७ लाख रुपैयाँको आयात हुँदा  १२ अर्ब ७७ करोड ४२ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ ।

तथ्याङ्कअनुसार यो वर्ष व्यापार घाटा २४ दशमलव ६१ प्रतिशतले वद्धि भएको छ । विभागको तथ्याङ्कअनुसार ११ महीनामा  १२ खर्ब ६२ अर्ब ११ करोड ९ लाख रुपैयाँ  बराबरको वैदेशिक व्यापार घाटा भएको छ ।

आयातको तुलनामा निर्यातमा कमी आउँदा व्यापार घाटामा कमी आएको हो । गत वर्षको सोही अवधिमा नेपालले १० खर्ब १२ अर्ब ८१ करोड ३ लाख रुपैयाँ  बराबरको वैदेशिक व्यापार घाटा व्यहोर्नुपरेको थियो । गत वर्षको तुलनामा यस वर्ष २४ दशमलव ६१ प्रतिशतले व्यापार घाटा भएको हो ।

वैदेशिक व्यापारमा आयातको हिस्सा ९१ दशमलव ९४ र निर्यातको हिस्सा ८ दशमलव शून्य ६ प्रतिशत रहेको छ । आयातको हिस्सा मात्र शून्य दशमलव ७१ प्रतिशतले घटेको छ । चालू आवको सो अधिमा कूल वैदेशिक व्यापारमा वद्धि भएको छ । ११ महीनाको अबधिमा १५ खर्ब ४ अर्ब ६१ करोड रुपैयाँ  बराबरको वैदेशिक व्यापार भएको छ ।

गत आवको तुलनामा सोही अवधिमा ११ खर्ब ८८ अर्ब ८१ करोड ६५ लाख बराबरको व्यापार भएको थियो । गत वर्षको तुलनामा यस वर्ष २६ दशमलव ५६ प्रतिशतले व्यापारमा वद्धि भएको छ ।

सो अवधिमा नेपालमा सबैभन्दा बढी डिजेल, आइरन प्रोडक्ट (स्टिल), भटमासको तेल, मोबाइल फोन, ग्यास, पेट्रोल आयात भएको छ । यस्तै, भटमासको तेल, अलैंची, कार्पेट, चिया, जुटबाट बनेको कार्पेटलगायत वस्तु सबैभन्दा धेरै नेपालबाट निर्यात भएको छ । (रासस)

Translate »