माओवादी केन्द्र परित्याग गर्ने १४ जनप्रतिनिधिको पद रिक्त

स्काई न्यूज /असार ११, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी ।माओवादी केन्द्र) परित्याग गर्ने तीन प्रमुख, छ उपप्रमुखसहित १४ स्थानीय तहका पदाधिकारीको पद गुमेको छ । माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा (एमाले) मा प्रवेश गरेका ती जनप्रतिनिधिको पद रिक्त भएको हो ।
निर्वाचन आयोगले दल त्याग तथा पद रिक्ततासम्बन्धी प्रकाशन गरेको सूचना अनुसार उनीहरु माओवादी केन्द्रका तर्फबाट २०७४ को स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधि हुन् ।
पद रिक्त स्थानीय तहका पदाधिकारी र सदस्यमा रौतहटका सात, कैलालीका चार तथा ओखलढुङ्गा, महोत्तरी र सिरहाका एक\एक जनप्रतिनिधि छन् । एमालेमा प्रवेश गरी माओवादी केन्द्र परित्याग गरेकाले उनीहरु निर्वाचित भएको पद स्वतः रिक्त हुने प्रावधानबारे आयोगको ध्यानाकर्षण गर्दै माओवादी केन्द्रले त्यससम्बन्धी सूचना प्रकाशन गर्न पत्राचार गरेको थियो ।
आयोगको बुधबारको निर्णयले राजनीतिक दलसम्बन्धी नियमावलीबमोजिम निजहरुले दल त्याग गरेकाले निर्वाचित पद स्वतः रिक्त रहने जनाउँदै सूचना प्रकाशन गरिएको हो ।
पद रिक्त हुने जनप्रतिनिधिको विवरण
१. रौतहटको मौलापुर नगरपालिकाका प्रमुख रिनाकुमारी साह ।
२. रौतहट कटहरिया नपाका प्रमुख सियारामप्रसाद कुशवाहा ।
३. रौतहट देवाही गोनाही नपाका उप्रमुख परनिया देवी ।
४. रौतहट मैलापुर नपाका उप्रमुख गौरीशंकर प्रसाद ।
५. रौतहट फतुवाविजयपुर नपाका उप्रमुख कान्तिदेवी ।

६. रौतहट माधवनारायण नपाका उपप्रमुख सिमलकुमारी साह ।
७. रौतहट यमुनामाई गापा।का उपाध्यक्ष गीतादेवी साह ।
८. सिरहा लहान नपाका नगरकार्यपालिका सदस्य सतमीलालदास ताती ।
९. ओखलढुंगा चम्पादेवी गापा–७ का वडाध्यक्ष सुरेशकुमार थापा ।
१०. महोत्तरी सम्सी गापाका अध्यक्ष शेष फारुक ।
११. कैलाली भजनी नपाका उपप्रमुख छायादेवी देवकोटा ।
१२. कैलाली गौरीगंगा नपा–४ का वडाध्यक्ष भागिरथी विष्ट ।
१३. कैलाली गोदावरी नपा–१ का वडाध्यक्ष शर्मानन्द भट्ट ।
१४. कैलाली बर्दगोरिया नपा–४ का वडाध्यक्ष पुरन बिसी ।