जुम्लाका ५ मात्रै स्थानीय तहद्वारा बजेट प्रस्तुत

सागर परियार/ जुम्ला । जुम्लाका आठ स्थानीय तहमध्ये ५ स्थानीय तहले मात्रै आगामी आवको बजेट ल्याएका छन् । सात स्थानीय तहले नीति तथा कार्यक्रम ल्याए पनि बजेट भने, पाँच वटा स्थानीय तहले मात्रै ल्याएका हुन् ।

चन्दनाथ नगरपालिका र तातोपानी गाउँपालिकाले नीति तथा कार्यक्रम मात्रै सार्वजनिक गरेका छन् भने कनका सुन्दरी, पातारासी, गुठिचौर, तिला र सिञ्जा गाउँपालिकाले नीति कार्यक्रम सहित बजेट ल्याएका छन् ।

उता सिञ्जा क्षेत्रको हिमा गाउँपालिकाले भने असार १२ गते सम्म नीति कार्यक्रम तथा बजेट ल्याएको छैन । पाँच स्थानीय तहले करिब २ अर्ब बराबरको बजेट सार्वजनिक गरेका छन् ।

सबै स्थानीय तहले समग्रमा डल्लो बजेट ल्याएका छन् । कुन शीर्षकमा कति बजेट छुटाउने, प्राथमिकताका क्षेत्रमा बजेट घटाउने बढाउने विषयमा नियमित छलफल भइरहेको पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढ्थापाले बताए।

Translate »