२०८३ असोज १३ , मंगलबार
Sky News Nepal
September 29, 2026

भासियो टीकापुर र राजापुर जोड्ने सत्ती पुल



 

कर्णाली नदीको बहावले कैलालीको टीकापुर र बर्दियाको राजापुर जोड्ने कर्णाली नदीको सत्ती पुल भासिएको छ ।

हुलाकी राजमार्ग अन्तर्गतको सो पुलको राजापुर क्षेत्र भासिएको सत्ती प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक लोकेन्द्र चन्दले जानकारी दिए। उनले भासिएका स्थानमा मरमत प्रयास भइरहेको बताए।

कटान हुनथालेपछि अहिले पुलमा आवागमन बन्द गरिएको छ । नदी कटान रोक्नका लागि प्रयास भैरहेको स्थानीय भीम बिकले जानकारी दिए ।

पुल निर्माण भएसँगै राजापुक्षेत्रका भागमा नदीले हरेक वर्षे कटान गर्दै आएको भएपनि यसको दीर्घकालीन उपाय अबलम्बन गरिएको थिएन । पुल निर्माण भएसँगै ती दुई जिल्लाको दक्षिणी क्षेत्रमा यातायात सेवा सञ्चालन भएको थियो ।(नेपाल टेलिभिजन)

प्रकाशित मिति : २०७८ असार १३ गते आइतबार
Translate »