२०८३ असोज १४ , बुधबार
Sky News Nepal
September 30, 2026

देशभर ८५ स्थानमा अक्सिजन कन्सनट्रेटर बैंक स्थापना हुने



काठमाडौं- सरकारले अक्सिजन कन्सनट्रेटर बैंक स्थापना गर्ने भएको छ। यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यविधि जारी गरेको छ।

कोभिड-१९ महामारीको सन्दर्भमा देखिएको अक्सिजन अभावको संकटलाई दृष्टिगत गरी अक्सिजन आवश्यक हुने आक्सिमक स्वास्थ्य सेवालाई अनवरत सचारु गर्नका लागि अक्सिजन कन्सनट्रेटर बैंक स्थापना गर्न लागिएको हो।

अक्सिजन कन्सनट्रेटरको माग, आपूर्ति, संकलन, वितरण तथा व्यवस्थापन गर्न स्थापना गरिएको स्टोरलाई अक्सिजन कन्सनट्रेटर बैंक भनेर बुझ्नु पर्ने कुरा कार्यविधिमा उल्लेख छ।

कहाँ हुन्छ अक्सिजन कन्सनट्रेटर बैंक?

कार्यविधि अनुसार यस्ता बैंक संघ, प्रदेश र जिल्लामा स्थापना हुनेछन्। संघमा एउटा, सबै प्रदेशमा एक/एक वटा र हरेक जिल्लामा एक/एक वटा गरी ८५ स्थानमा अक्सिजन कन्सनट्रेटर बैंक स्थापना हुनेछन्।

संघमा स्वास्थ्य सेवा विभागको आपुर्ति व्यवस्थापन महाशाखामा, प्रदेशमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा र जिल्लामा हरेक स्वास्थ्य कार्यालयको स्टोरमा अक्सिजन कन्सनट्रेटर बैंकको स्थापना हुने कुरा कार्यविधिमा उल्लेख छ।

जिल्लास्थित हरेक अक्सिजन कन्सनट्रेटर बैंकको व्यवस्थापनका लागि सम्बन्धित स्वास्थ्य कार्यालयले एक स्टोर किपर वा अन्य कर्मचारीलाई सम्पर्क व्यक्तिको रुपमा तोक्न सक्ने कुरा पनि कार्यविधिमा उल्लेख छ।(स्वास्थ्य खबर)

प्रकाशित मिति : २०७८ असार १३ गते आइतबार
Translate »