बाँकेमा कोरोनाबाट थप तीन जनाको मृत्यु
नवीन गिरी/ नेपालगन्ज । बाँकेमा कोरोना सङ्क्रमणका कारण थप तीन जनाको मृत्यु भएको छ ।
भेरी अस्पताल नेपालगन्जमा उपचाररत झिमरुक गाउँपालिका ३ प्युठानका ३८ वर्षीय पुरुष, घोराही उपमहानगरपालिका ११ दाङका ६८ वर्षीय पुरुष र आठविसकोट नगरपालिका ४ दैलेखका ७३ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए ।
यो सँगै कोरोनाबाट हालसम्म बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ६१ जना र बाँकेका ३१० जनाको मृत्यु भएको छ ।