अछामका युवकको धनगढीमा लडेर मृत्यु

टेकराज भण्डारी/अछाम। अछामका एक युवकको धनगढीमा ज्यान गएको छ । धनगढीमा सडकमै लडेर गम्भीर घाइते अछामको साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वरका एकेन्द्र आउजीको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा ज्यान गएको प्रहरीले जनाएको छ ।

४० वर्षीय मृतक पुरुष अछामको साँफेबगर नगरपालिका ६ भागेश्वरका रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

धनगढीको सेतो पुल नजिक मङ्गलवार दिउसो लडेर बेहोस भएका आउजीलाई स्थानीय र प्रहरीले उद्धार गरेर सेती प्रादेशिक अस्पतालमा लगिएको थियो । उनको मङ्गलवार नै अस्पतालमै मृत्यु भएको र आज बुधवार सनाखत भएको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शव पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाउने प्रहरीले जनाएको छ ।

Translate »