भेरोसेलको दोस्रो मात्रा असार २२ देखि

स्काई न्यूज /असार १८, काठमाडौं ।

सरकारले भेरोसेल खोपको दोस्रो मात्रा असार २२ गतेदेखि दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै दोस्रो खोप दिने मिति तय भएको जनाएको हो ।

मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार यसअघि लक्षित उमेर समूहलाई लगाइएको खोपको दोस्रो मात्रा लगाउन लागिएको हो । सरकारले अन्य खोप खरिदका लागिसमेत पहल गरिरहेको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस ९कोभिड(१९० विरुद्धको खोप खरिदका लागि सरकारले प्रयास गरिरहेको उनको भनाइ छ ।

नेपाल सरकारबाट चीनको बेइजिङस्थित साइनोफर्म कम्पनीसँग खोप खरिदको लागि असार २४ गतेबाट खोप आपूर्ति सुरु गर्नेगरी तयारी भइरहेको छ ।

Translate »