बाजुराका कोरोना सङ्क्रमितको बाँकेमा मृत्यु

नवीन गिरी/नेपालगन्ज। बाँकेमा कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।


भेरी अस्पताल नेपालगन्जमा उपचाररत बुढीनन्दा ७ बाजुराका ६२ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए ।

यो सँगै कोरोनाबाट हालसम्म बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ६३ जना र बाँकेका ३११ जनाको मृत्यु भएको छ ।

Translate »