२०८३ कात्तिक २६ , बुधबार
Sky News Nepal
November 11, 2026

संसद विघटनसम्बन्धी रिटको फैसला असार २८ गते



असार २१,काठमाडौँ ।
संसद विघटनसम्बन्धी रिटको फैसला असार २८ गते आउने भएको छ।

सोमबार रिट पक्षीयको जवाफ र एमिकस क्युरीको धारणा सुनेपछि सर्वोच्च अदालतले असार २८ गते फैसला सुनाउने भएको हो।

संसद विघटन मुद्दामा एमिकस क्युरीका चार जनाले धारणा राखेका हुन्। उनीहरुका लागि दुई घन्टा समय छुट्याइएको थियो।

यसअघि सोमबार नै रिट निवदेकका तर्फबाट वकिलहरूले जवाफी बहस गरेका हुन्।

वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद भण्डारी, हरिहर दाहाल, शम्भु थापा र बद्रीबहादुर कार्कीले जवाफी बहस गरेका थिए। (देश सञ्चार)

 

प्रकाशित मिति : २०७८ असार २१ गते सोमबार
Translate »