पाटेबाघको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु

बर्दिया । पाटेबाघको आक्रमणबाट बर्दियामा फेरि एक जनाको मृत्यु भएको छ । पाटेबाघको आक्रमणबाट मधुवन नगरपालिका वडा नं.३ का ६७ वर्षका चित्रबहादुर खत्रीको मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लेले जानकारी दिए ।

आइतबारदेखि हराइरहेका वलीको शव (आज) सोमबार बिहान नेपाल भारत सिमा क्षेत्रमा पर्ने पिलर नम्बर ८३ र ८४ को बीच भागमा सम्झना सामुदायिक वनभित्र क्षतविक्षत अवस्थामा फेला पारेको बिओपि भग्रैया सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक अस्मित थापाले बताए ।

बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती सामुदायिक वन र राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा पाटेबाघको आक्रमणबाट एक वर्षभित्र १२ जनाको ज्यान गएको छ भने दुई वर्षयता पाटेबाघबाट २१ र जंगली हात्तीबाट २ गरि २३ जनाले ज्यान गुमाइसकेका छन् ।(सत्यपाटी)

Translate »