फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

असार २२, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । मूल्य बढाएको दुई साता पनि नबित्दै निगमले मंगलवार फेरि पेट्रोलियम पद्धार्थको मूल्य बढाएको हो ।

निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाइएकोे छ । मूल्य बढेसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२९, डिजल तथा मट्टितेलको प्रतिलिटर ११२ रुपैयाँ कायम भएको छ ।

यसअघि गत असार १० गते राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य बढाएको थियो ।

निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँले बढाएर ८४ रुपैयाँ, हवाई इन्धन (अन्तरराष्ट्रिय) को प्रति किलोलिटर १९ अमेरिकी डलर बढाएर ७५४ डलर पुर्‍याएको छ ।

त्यस्तै, खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँका दरले वृद्धि भएर १ हजार ४२५ रुपैयाँ कायम भएको छ । (आर्थिक अभियान)

Translate »