बाँकेमा कोरोनाबाट एक जनाको मृत्यु

नवीन गिरी/ नेपालगन्ज। बाँकेमा कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा उपचाररत राजापुर ६ बर्दियाका ५४ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड(१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए।

यो सँगै कोरोनाबाट हालसम्म बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ६५ जना र बाँकेका ३११ जनाको मृत्यु भएको छ ।

Translate »