हुम्लामा पहिलोपटक अनलाइन माध्यमबाट पठनपाठनको अभ्यास

असार २५,हुम्ला ।
हुम्लामा पहिलोपटक अनलाइन माध्यमबाट पठनपाठनको अभ्यास सुरु भएको छ । सदरमुकाम सिमकोटमा रहेको निजि कैलाश बोधि स्कुलले पहिलो अभ्यास सुरू गरेको हो ।

कोभिड–१९ संक्रमणको दोश्रो लहर फैलिंदै गएपछि जिल्लाका सम्पूर्ण विद्यालय बन्द छन् । सरकारले शैक्षिक संस्था बन्द गरेपछि पठन–पाठन लामो समयदेखि बन्द छन् ।

जिल्लामा पहिलोपटक अनलाइन माध्यम सुरू गरेका कैलाश बोधि विद्यालयका प्रधानध्यापक छवाङ लामाले अनलाईन कक्षा प्रभावकारी रहेको जानकारी दिए।

वैकल्पिक माध्यम अनलाइनबाट कक्षा पाँचदेखि कक्षा आठसम्मको सुरू गरेको विद्यालयका प्रधानध्यापक लामाको भनाई छ । अनलाइन कक्षाको प्रभावकारीता बढ्दै गएको र इन्टरनेटले राम्रो काम गर्दै गएमामा सबै कक्षाहरु सञ्चालन गर्ने भएको लामाले बताए ।

जिल्लाका सरकारी विद्यालयका गतिविधि भने लकडाउनपछि ठप्प छ । सरोकारवाला निकायले अनलाइन माध्ययमबाट विद्यालय सञ्चालन गर्न अहिलेसम्म कुनै ध्यान नदिएको अभिभावकहरुको भनाइ छ ।(नेपाल टेलिभिजन)

Translate »