जुम्लामा पहिलो पटक जातीय विभेद विरुद्धको मुद्दा दर्ता

सागर परियार / जुम्ला । जुम्लामा पहिलो पटक जातीय विभेद विरुद्धको मुद्दा दर्ता भएको छ । सिञ्जा गाउँपालिका वडा नंं ६ का वडाध्यक्ष काली बहादुर बुढा तथा उनका छोराले सोही वडाका दलित युवा विबेन्द्र नेपाली माथि गरेको जातीय विभेद विरुद्धको मुद्दा दर्ता भएको हो ।

दुई दिनसम्म मुद्दा दर्ता गर्न नमानेको जिल्ला प्रहरी कार्यालय जुम्लाले अन्नत आज मुर्दा दर्ता गरेको हो । जुम्लाका दलित युवाहरूको निरन्तर दबाब पछि मात्रै शुक्रबार प्रहरीले मुद्दा दर्ता गरेको युवा भरत नेपालीले बताए । उनका अनुसार प्रहरी कार्यालयको मुद्दा शाखाको ८४ नम्बरमा पहिलो पटक जुम्लामा जातीय विभेद विरुद्धको मुद्दा दर्ता भएको हो ।

जुम्लामा जातीय विभेदका घटनाहरू विगतदेखि हुँदै आएपनि प्रहरी प्रशासनले पार्टी तथा नेताहरूको दबाबमा मुद्दा दर्ता गर्न मानेका थिएनन् । तर सिञ्जा ६ का विबेन्द्र नेपाली माथि भएको जातीय विभेद विरुद्ध जुम्लाका सम्पुर्ण सचेत युवा उर्लिएपछि प्रहरीले बाध्य भएर मुद्दा दर्ता गरेको युवा तथा पत्रकार महेश नेपालीले बताए । उनले भने,“यस पटक पनि मुद्दा दर्ता गर्न सम्भव थिएन । प्रहरीले आनाकानी गरिरहेको थियो । भने,सिञ्जाका जनप्रतिनिधिले पनि मुद्दा दर्ता नगर्न समेत दबाब दिइरहेका थिए ।” जातीय विभेद तथा सजाय कसुर ऐन २०६८ अनुसार जातका आधारमा गरिने कुनैपनि विभेद कानुन अनुसार दण्डनीय मानिने उल्लेख गरिएको छ ।

विबेन्द्रका लागि न्याय अभियानका संयोजक सहितको टोलीले पत्रकार सम्मेलन गर्दै मुद्दा दर्तामा सहयोग गर्नेलाई धन्यवाद दिएका छन् । भने, घटनाको अनुसन्धान तथा दोषीलाई तत्काल कारबाहिको लागि माग गरिएको छ ।

Translate »