२०८३ साउन २८ , बिहीबार
Sky News Nepal
August 13, 2026

माओवादी केन्द्रबाट जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बन्ने



नेकपा (माओवादी केन्द्र)ले जनार्दन शर्मा प्रभाकर र पम्फा भुसाललाई मन्त्री बनाउने निर्णय गरेको छ। पार्टीको आज बसेको बैठकले शर्मा र भुसाललाई मन्त्री बनाउने निर्णय गरेको हो।

स्रोतका अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई नेताको नाम दिएका थिए।

उनीहरु दुबै जना आज प्रधानमन्त्रीमा सपथ लिन गइरहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बन्न लागेका हुन्।

कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने कुरा टुंगो नलागेको स्रोतले जनाएको छ। (नागरिक)

प्रकाशित मिति : २०७८ असार २९ गते मंगलबार
Translate »