४ करोडमा बन्न लागेको पक्की पुल भत्कियो

टेकराज भण्डारी/अछाम । वर्षाका कारण अछाममा निर्माणाधीन पक्की पुल भत्किएको छ । दुई दिन देखिको अविरल वर्षाले खोलाको बहाव बढेपछि सेती लोक मार्गमा पर्ने लुंग्रेलीगाड पक्की पुल भत्किएको हो ।


सेती लोकमार्ग अन्तर्गत बैद्यनाथधाम नजिकै पर्ने लुंग्रेलीगाडमा निर्माण हुन लागेको पुल भत्किएको हो । अविरल वर्षाका कारण पानीको बहाव बढेपछि निर्माण कार्य सम्पन्न हुन लागेको पुल भत्किएको हो ।

२०७७ चैत्र २० मा सम्पन्न गर्ने गरी २०७५ असार २१ गते स्वाँर कन्स्ट्रक्सन निर्माण कम्पनीले सम्झौता गरेको थियो । भ्याटसहित ४ करोड १६ लाख ७४ हजार ५ सय ७२ रुपैयाँको लागतमा पुल निर्माणको जिम्मा लिएको थियो । तर, समयमै पुल निर्माण हुन नसकी भत्किएको छ ।


यता निर्माण कम्पनीले भने जग्गा विवाद र कोरोनाको कहरका कारण समयमै पुल निर्माण गर्न नसकिएको जनाएको छ । निर्माणमा गुणस्तरीय काम नभएको समेत स्थानीयको आरोप छ । (रेडियो नेपाल)

Translate »