कोरोना संक्रमणबाट ४३ जनाको मृत्यु पुष्टि

साउन १, काठमाडौं । नेपालमा विगत २४ घण्टामा २ हजार ९३६ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार दिएको जानकारी अनुसार ९ हजार ६१३ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ हजार ५६९ जनाको एन्टिजेन परीक्षण गर्दा ९३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यसैगरी सो अवधिमा कोरोना संक्रमणका कारण ४३ जनाको मृत्यु भएको छ ।योसँगै नेपालमा कोरोना संक्रमणका कारण हालसम्म ९ हजार ५०६ जनाको मृत्यु भएको छ ।

सो अवधिमासम्ममा देशभर २४ हजार २७४ जना संस्थागत आईसोलेशनमा २ हजार ५५३ जना, आईसीयूमा ५७८ जना र भेन्टिलेटरमा १७४ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा १ हजार ७७५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
नेपालका हालसम्म कोरोना संक्रमितको संख्या ६ लाख ६४ हजार ५७६ जना पुगेको छ । विगत २४ घण्टामा काठमाडौं उपत्यकामा ५४१ जना कोरोना संक्रमित थपिएका छन् ।