कोरोना संक्रमणबाट २३ जनाको मृत्यु पुष्टि
१८०१ जना संक्रमित थपिए
साउन ३, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट २३ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ५५० पुगेको छ ।
मन्त्रालयका अनुसार आइतवार ६ हजार ६२८ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार २२३ र तीन हजार जनामा गरिएको एन्टिजेन परीक्षणमा ५७८ जना गरी १ हजार ८०१ जनामा संक्रमण पुष्टि भएको हो ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ४८५ पुगेको छ । यसैगरी, आइतवार १ हजार ६६७ जना निको भएसँगै हालसम्म ६ लाख ३२ हजार ७४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।