२०८३ असोज ७ , बुधबार
Sky News Nepal
September 23, 2026

देशैभर मौसम बदली‚ पाँच प्रदेशमा भीषण वर्षाको सम्भावना



साउन ४,काडमाडौं ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज  प्रदेश १, बागमती‚ गण्डकी‚ लुम्बिनी र  सुदूरपश्चिम प्रदेशमा भीषण वर्षाको  सम्भावना रहेको  छ। लुम्बिनी र सुदूरपश्चिम  प्रदेशका एक वा दुई स्थानमा भने अति भीषण वर्षा हुने जनाइएको छ।सोमबार बिहान देशभरको मौसम बदली रही प्रदेश १, बागमती‚ गण्डकी र  सुदूरपश्चिम प्रदेशका केही स्थान हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो पनि देशभर मौसम सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थान वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। प्रदेश १, गण्डकी, लुम्बिनी  र सुदूरपश्चचिम प्रदेशका थोरै स्थान भीषण वर्षाको  सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भने अति भीषण वर्षाको सम्भावना रहेको छ।

सोमबार राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १,  गण्डकी , लुम्बिनी र सुदूरपश्चचिम प्रदेशका थोरै स्थान भीषण वर्षाको  सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा अति भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।(थाहा खबर)

 

प्रकाशित मिति : २०७८ साउन ४ गते सोमबार
Translate »