२०८३ असोज १४ , बुधबार
Sky News Nepal
September 30, 2026

नवीकरण नगरेकै आधारमा अनलाइन सञ्चालनमा रोक नलगाइने



काठमाडौँ । नवीकरण नगरेकै आधारमा अनलाइन सञ्चारमाध्यम सञ्चालनमा रोक नलगाइने भएको छ ।

अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३ को परिच्छेद ३ को दफा ६ को उपदफा (३) मा म्यादभित्र नवीकरण नगराउने अनलाइन सञ्चारमाध्यमको सेवा प्रचलित कानून बमोजिम रोक लगाउन सकिने भनी उल्लेख भएकोमा सो विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले २०७४।१२।३१ गते उक्त व्यवस्था खारेज गर्न आदेश दिएको थियो ।

उक्त आदेश बमोजिम नवीकरण गर्न छुट भएका अनलाइन सञ्चारमाध्यमको दर्ता किताबबाट खारेज नगरिने र नवीकरण नगरेकै आधारमा अनलाइन सञ्चारमाध्यम सञ्चालनमा रोक समेत नलगाइने जानकारी सूचना विभागले दिएको छ ।

साथै यसअघि नियमित रुपमा नवीकरण हुँदै आएका अनलाइन सञ्चारमाध्यमको हकमा भने पूर्ववत् रुपमा नवीकरण कार्य जारी रहने र नियमित रुपमा नवीकरण भएका अनलाइन सञ्चारमाध्यमका लागि मात्र प्रेस प्रतिनिधि प्रमाणपत्र (प्रेस पास) जारी गरिने विभागले विज्ञप्ति मार्फत जनाएको छ ।(रेडियो नेपाल)

प्रकाशित मिति : २०७८ साउन ४ गते सोमबार
Translate »