होटल भत्किदा दुई जना घाइते

सल्यान । सल्यानमा एक होटल भत्किदा दुई जना घाइते भएका छन् ।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–११ गंगटेमा विनोद शाहीले सञ्चालन गर्दै आइरहेको तीन तले पक्की भेरी हाइवे होटलको जग भासिएर घर पूर्ण रुपमा भत्किएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।


घर भत्किदा ग्राहक कुमाख गाउँपालिका –२ बस्ने ५० वर्षीय लिल बहादुर रावत र सोही होटलमा काम गर्ने रुकुम पश्चिम सानो भेरी गाउँपालिका –८ का १३ वर्षीय युवराज डाँगी घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताए । घाइते दुवै जनाको सुर्खेतमा मेहलकुनामा उपचार भइरहेको उनले जानकारी दिए । घर भत्किदा घरभित्र रहेका समान पुरिएको प्रहरी र स्थानीयको सहयोगमा अहिले उद्धार कार्य भइरहेको सूचना अधिकारी पौडेलले बताए । (रेडियो नेपाल)

Translate »