सही तरिकाले व्रत कसरी बस्ने? व्रतको फाइदाहरु के–के छन्?

कमला गुरुङ/ काठमाडौं – साउन महिनामा व्रत बस्ने चलन छ। व्रतलाई धर्म र स्वास्थ्यसँग जोडिएर हेरिन्छ। कसैले धार्मिक आस्थाका लागि त कसैले शरीरको तौल घटाउन व्रत बस्ने गर्छन्।

व्रत बस्नुको अनेकौ फाइदाहरु छन्। व्रत बस्दा शारीरिकदेखि मानसिक स्वास्थ्यलाई फाइदा पुग्छ। तर सही तरिकाले नगरिएको व्रतले भने शरीरलाई फाइदाको साटो हानी पुर्‍याउँछ। सबै व्यक्तिले व्रत बस्न मिल्दैन। बालबालिका, गर्भवती, स्तनपान गरिरहेका महिला र दीर्घ रोगीहरुले व्रत बस्न नमिल्ने पोषणविद बताउँछन्।

व्रत किन बस्ने, व्रत बस्नुको फाइदाहरु, सही तरिकाले कसरी व्रत बस्ने लगायत विषयमा हामीले स्टार अस्पतालकी पोषणविद् चन्द्रमाला अवस्थीसँग कुराकानी गरेका छौँ। उनीसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छः

व्रत किन बस्ने?
– व्रत धर्म र स्वास्थ्यसँग जोडिएको विषय हो।
– व्रत बस्दा स्वास्थ्यलाई विभिन्न फाइदाहरु हुन्छ।

व्रत बस्दा स्वास्थ्यलाई के कस्तो फाइदाहरु हुन्छ?
– व्रतले शरीरको तौल नियन्त्रण गर्न मद्दत गर्छ।
– मस्तिष्क स्वास्थ्यमा व्रतले बढी फाइदा गर्छ।
– उच्च रक्तचाप नियन्त्रण गर्नुका साथै रगतमा ग्लुकोजको मात्रा सन्तुलित बनाउन मद्दत गर्छ।

व्रत बस्ने सही तरिका र समय कुन हो?
– यही समय व्रत बस्दा बढी फाइदा हुन्छ भन्ने त्यस्तो कुनै समय छैन।
– जीवनशैली, स्वास्थ्य, उमेर, खानपान अनुसार व्रत बसे राम्रो हुन्छ।
– कुनै रोग छ भने पोषणविद तथा चिकित्सकसँग सल्लाह गरेर मात्र व्रत बस्नुपर्छ।

व्रत बस्दा गरिने गल्ती र भ्रमहरु के के छन्?
– पानी पनि नखाई गरिने व्रत सबैभन्दा ठूलो गल्ती हो।
– निराहार व्रत बस्दा शरीरमा पानीको कमी भई विभिन्न स्वास्थ्य समस्या निम्तन सक्छ।
– व्रत बस्दा शरीरको मेटाबलीजिमको गतिलाई कम गर्छ भन्ने कुरा भ्रम हुन्।
– व्रत बस्दा कमजोरी हुन्छ। शरीरमा भिटामिनको कमी हुन्छ भन्ने कुरा पनि भ्रम हुन्।
– सही तरिकाले गरिएको व्रतले शरीरलाई फाइदा गर्छ।

कसैले निराहा, फलफूल, तरल पदार्थ वा बेलुकी मात्र खाना खाने गरी पनि व्रत बस्छन्। यी सबले स्वास्थ्यलाई के कस्तो असर/फाइदा गर्छ?
– पानी पनि नखाई गरिने व्रतले तत्काल शरीरको तौल घटेपनि स्वास्थ्यमा नकारात्मक असर गर्छ।
– जुस, दूध, फलफूल खाएर गरिने व्रतले पनि स्वास्थ्यलाई फाइदा नै गर्छ।
– तर यस किसिमको व्रत वस्दा आफ्नो स्वास्थ्य अवस्थालाई ध्यान दिनुपर्छ।

व्रत कसले बस्न मिल्दैन?
– व्रत सबैले गर्न मिल्छ या सबैलाई व्रतबाट फाइदा नै पुग्छ भन्ने हुँदैन।
– बालबालिका, गर्भवती, स्तनपान गराइरहेका महिला, वृद्धवृद्धा, मधुमेह, मिर्गौलाका रोगी, दीर्घ रोगीहरुले व्रत मिल्दैन।
– शारीरिक तौल निकै कम भएको व्यक्तिले पनि व्रत बस्न मिल्दैन।

यदी कुनै व्यक्तिले पहिलो पटक व्रत बस्दैछ भने उसले कसरी सुरुवात गर्न सक्छ?
– व्रतको सुरुवात गर्दा लामो समयको व्रत नबस्ने।
– बिहान र बेलुकीको खाना छाडेर भन्दा पनि एक समयको खाना छाडेर मात्र व्रत बस्ने।
– व्रत बस्दा २÷३ घण्टाको फरकमा जुस या तरल पदार्थ खानुपर्छ।

व्रत बस्दा के के कुरामा ध्यान दिन सकिन्छ?
– आफ्नोे स्वास्थ्य अवस्था अनुसार मात्र व्रत बस्नुपर्छ।

अन्त्यमा यहाँको सुझावहरु के के छन्?
– सामाजिक सञ्जालमा देखिएका र भनिएका कुराको पछि लागेर व्रत बस्नु हुँदैन।
– अरुले भनेको आधारमा नभई आफ्नो आवश्यकता अनुसार मात्र व्रत बस्नुपर्छ।(स्वास्थ्य खबर)

Translate »