विदेश जाने श्रमिक र विद्यार्थीका लागि तोकियो खोप केन्द्र
काठमाडौँ — सरकारले विदेश जाने श्रमिक र विद्यार्थीका लागि काठमाडौं उपत्यकामा निश्चित खोप केन्द्र तोकेको छ । उनीहरुले नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर कोरोनाविरुद्धको खोप लगाउन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोमबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले पासपोर्ट र भिसा देखाएर विदेश जानेहरुले खोप लगाउन पाउने जनाएको हो । सरकारले विदेश जानेहरुका लागि जोन्सन एन्ड जोन्सन कम्पनीको खोप उपलब्ध गराएको छ । यो खोप एक मात्रा लगाए पुग्छ ।
नेपालमा जोन्सन एन्ड जोन्सन कम्पनीको खपसहित भेरोसेल र कोभिशिल्ड खोप लगाइएको छ ।(कान्तिपुर)