लुम्बिनीमा शेरचन र गण्डकीमा गुरुङ प्रदेश प्रमुख नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार मन्त्रीपरिषद्को निर्णय एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङलाई नियुक्त गर्नुभएको छ ।

 


राष्ट्रपति भण्डारीले संविधानको धारा १६३ को उपधारा २ अनुसार उक्त नियुक्ति गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा विज्ञप्तिमा जनाइएको छ ।

Translate »