२०८३ भदौ २७ , शनिबार
Sky News Nepal
September 13, 2026

नेपाली चेलीलाई अवैध रुपमा भारत पुर्‍याउने दुई युवती पक्राउ



विजय महतो / पर्सा। भारत विहारको छौडादानोबाट प्रहरीले दुई जना नेपाली चेलीको उद्धार गरी नेपाल फिर्ता ल्याएको छ ।

रोजगारको बाहानामा अवैध रुपमा भारत पुर्‍याइएकी झापा जिल्ला निवासी १६ वर्षीय र २० वर्षीय चेलीलाई भारतीय सुरक्षाकर्मीको सहयोगमा जिल्ला प्रहरी कार्यालय पर्साले उद्धारगरी वीरगन्ज ल्याएको हो ।

दुई साता अगाडी झापाबाट हराएकी दुवै युवतीहरु छौंडादानोमा रहेको सुचनाका आधारमा गत मंगलबार नेपाल प्रहरी तथा भारतीय सुरक्षाकर्मीको संयुक्त टोलीले कार्यवाही गरी युवतीको उद्धार गर्न सफल भएको पर्साका प्रहरी उपरिक्षक बेल बहादुर पाण्डले जानकारी दिए ।

उनले आरकेस्टामा काम लगाइ दिने बहानामा दुवै युवतीहरुलाई भारत पुर्‍याइएको र उक्त घटनामा संलग्न रहेका दुई जना युवतीलाई समेत हिजो वीरगन्जको इन्‌र्वाबाट नियन्त्रणमा लिइएको बताए ।

आरकेस्टामा काम गर्ने युवतीले राम्रो आम्दानी गर्ने गरेको झुठो कुरा सुनाई दुवै युवतीलाई भारत पुर्‍याउने झापाको विर्तामोड न।पा(९ निवासी २० वर्षीय लक्ष्मी दास र सुनसरीको इटहरी उपमहानगरपालिका(१२ निवासी १९ वर्षीय खुश्वु विश्वकर्मालाई आवस्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै युवतीहरुलाई हिजो पर्सा जिल्ला अदालतमा उपस्थित गराई मानव बेचविखन तथा ओसापसार मुद्दामा आवस्यक अनुसन्धानका लागि ७ दिन म्याद बुझाएको प्रहरीले जनाएको छ ।

उद्धार गरिएका दुवै युवतीलाई माईती नेपाल पर्साको कार्यालयमा राखिएको र उनलाई चाँडै परिवार जनको जिम्मा लगाउने तयारी भएको प्रहरीले जनाएको छ ।(नेपाल टेलिभिजन)

प्रकाशित मिति : २०७८ साउन १४ गते बिहीबार
Translate »