२०८३ साउन २८ , बिहीबार
Sky News Nepal
August 13, 2026

माधव नेपालप्रति ओलीको आक्रोश : बामपन्थी सरकार ढाल्नेलाई पार्टीमा ठाउँ छैन



साउन १६,काठमाडौँ ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाललगायतकालाई पार्टीमा कुनै ठाउँ नभएको अडान राखेका छन् । पार्टीको काठमाडौं जिल्ला कमिटीले शनिबार आयोजना गरेको बैठकमा बोल्दै उनले माधव नेपालसहितका नेताहरुलाई मुख्य–मुख्य अपराधि’को रुपमा चित्रण गर्दै उनीहरुलाई पार्टीमा कुनै ठाउँ नरहेको प्रष्टयाएका हुन् ।

बामपन्थी सरकार ढाल्ने, दक्षिणपन्थी सरकार बनाउने, दक्षिण पन्थीको पक्षमा फ्लोर क्रस गरेर मत हाल्ने, आफ्नो पार्टीको प्रधानमन्त्रीले विश्वासको मत माग्दा २७ जना बाहिर लिएर गएर पार्टीको सरकार ढाल्ने, अनि दक्षिणपन्थी सरकार बनाएर फ्लोर क्रस गर्ने, अध्यक्ष ओलीले माधव नेपालप्रति आक्रोश पोख्दै भने, यस्ता प्रतिक्रियावादीहरुका मतियारका लागि पार्टीमा ठाउँ छैन ।

उनले माधव नेपाल पक्षका अन्य नेताहरुलाई भने पार्टीमा आउन पुनः आह्वान गरे । अरु साथीहरु गल्ती महसुस गरेर फर्कनु हुन्छ भने हामी मौका दिन्छौं । आउनुहोस्–यो पार्टी हामी सबैले बनाएका हौं,अध्यक्ष ओलीले अगाडि बोल्दै भने,गल्ती भईहाल्यो भने पनि त्यसलाई सच्याएर आउनुहोस्, काम गरौं । उनले माधव नेपाल पक्षमा नेताहरु नआए पनि चिन्ता गरेर बस्नुपर्ने अवस्था आफूहरुका लागि नरहेको दावी गरे । (नागरिक)

प्रकाशित मिति : २०७८ साउन १६ गते शनिबार
Translate »