अर्थ मन्त्रालयको सचिवमा मधु कुमार मरासिनी

साउन १७, काठमाडौं । सरकारले महालेखा नियन्त्रक मधु कुमार मरासिनीलाई अर्थ मन्त्रालयको सचिवमा सरुवा गरेको छ ।

यसअघि उनी महालेखा नियन्त्रक रहेका थिए । उनले आइतवार नै अर्थ सचिवको कार्यभार सम्हाल्ने छन् ।

गत साउन १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले मरासिनीलाई अर्थसचिवको जिम्मेवारीमा ल्याउने र ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने निर्णय गरेको थियो । (आर्थिक अभियान)

Translate »