कर्णालीमा डुंगा पल्टिदाँ १० दिनको शिशुसहित तीन जना बेपत्ता

कैलाली । कर्णाली नदीमा डुंगा पल्टिदाँ १० दिनको शिशु सहित तीन जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा कैलालीको मोहन्याल गाउँपालिका-३ राघका २० बर्षिया उर्मिला सलामी, उनको १० दिनको छोरा र २० बर्षकि पार्वत थापा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।


दुर्घटनामा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टका अनुसार सोही ठाँउकी १९ बर्षिय धनसरा सलामीमागरको अवस्था गम्भीर रहेको छ । उनको १ महिनाको छोरा कर्ण सलामी मगरको अवस्था भने सामान्य रहेको उनले बताए । पाँच जना भने पौडी खेलेर नदी बाहिर आएका थिए ।

आइतबार दिउँसो १२ बजे कैलाली मोहन्याल गाउँपालिका-३ रांगा मलेखाबाट सुर्खेतको चौकुने गाउँपालिका-४ मा बच्चालाई खोप लगाउन जाने क्रममा कर्णालीमा डुंगा पल्टिएको हो।

डुंगामा सवार १० जना रहेको प्रहरीले जानकारी दिएको छ । बेपत्ता भएकाहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाकारी दिएको छ ।(नेपाल प्रेस)

Translate »