२०८३ भदौ २९ , सोमबार
Sky News Nepal
September 14, 2026

सरकारी सेवा सुविधा नलिने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको घोषणा



काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कुनै पनि सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन्।

सोमबार आयोजित पत्रकार सम्मेलनमा राज्यमन्त्री श्रेष्ठले पदमा बहाल रहँदा कुनै पनि सरकारी सेवा सुविधा नलिने घोषणा गरेका हुन्।

श्रेष्ठले सुरक्षाकर्मी बाहेक आवास, गाडी र तलबभत्ता नलिने घोषणा गरेका हुन् ।

व्यापारिक पृष्ठभूमिका श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेपछि आलोचना भएको थियो।

उनले आफ्नो १०० दिने कार्ययोजना पनि सार्वजनिक गरेका छन्।

उनले राज्यमन्त्रीमा बहाल रहँदासम्म आफ्ना कुनै पनि व्यापार व्यवसायको कार्यकारी पदमा पनि नरहने घोषणा गरेका छन्।

मन्त्री पदमा रहँदासम्म संलग्न व्यापार व्यवसायका विभिन्न पद त्याग गरेको घोषणा उनले गरेका हुन्। (देश सञ्चार)

प्रकाशित मिति : २०७८ साउन १८ गते सोमबार
Translate »