फ्लोर क्रस गर्ने कर्णालीका ४ सांसदलाई एमालेले गरेको कारबाही सदर

 साउन १८, काठमाडौं ।
फ्लोर क्रस गर्ने कर्णाली प्रदेशसभाका ४ जना सांसदलाई निष्कासन गर्ने गरी यसअघि दिएको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको भ्याकेटमा सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले फ्लोर क्रस गर्ने चार सांसदलाई कारबाही गर्ने एमालेको निर्णयलाई सदर गरेको हो ।

 

यसअघि कर्णाली प्रदेशसभाका चार एमाले सांसदले दलको ह्विप उल्लङ्घन गरेर माओवादी नेतृत्वको सरकारलाई विश्वासको मत दिएपछि गरेको कार्वाहीका आधारमा पदमुक्त भएकामा प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेशमार्फत पुनर्बहाली गरेको थियो ।

सर्वोच्चले प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अम्मर बहादुर थापालाई पुनर्बहाली गरेको थियो ।

Translate »