काठमाडौंमा फ्ल्याट भाडामा लिएर बेश्यावृत्ति गराउने दुई महिला पक्राउ

काठमाडौं : मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा काठमाडौंमा फ्ल्याट भाडामा लिएर बेश्यावृत्ति गराउने महिलालाई प्रहरीले पक्राउ गरेको छ । गोरखा बारपाक सुलिकोट गाउँपालिका-३ स्थायी ठेगाना भई हाल चन्द्रागिरी नगरपालिका-६ बस्ने २४ वर्षीया प्रिती आलेमगर र झापाको गौरादह नगरपालिका-५ स्थायी ठेगाना भई हाल नागार्जुन नगरपालिका-४ बाफल एरियामा डेरा गरी बस्ने ४२ वर्षीया बिना लिम्बु भन्ने ज्योतीलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए ।

उनीहरुले एक महिलालाई परपुरुषहरुसँग शारीरिक सम्पर्क राखे पैसा दिन्छु भन्दै ललाई फकाई जबरजस्ती डर त्रासमा पारी १ महिनासम्म बेश्यावृत्तिमा लगाएका थिए । पछि उनीहरुबीच झगडा हुँदा कोठामा थुनी राखेको अवस्थामा भागेर पीडित महिला उजुरी गर्न पुगेकी थिइन् । प्रवक्ता द्विवेदीका अनुसार काठमाण्डौ जिल्ला अदालतको मिति साउन १७ गतेको आदेशले पक्राउ प्रतिवादीहरु पुर्पक्षको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौं थुनामा पठाएको उनले बताए । प्रहरीका अनुसार मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको छ । अन्नपूर्ण पोष्ट

Translate »