२०८३ साउन २४ , आइतबार
Sky News Nepal
August 10, 2026

‘बेपत्ता’ सांसद बिमला एमालेमा प्रवेश



लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्री (ओली)

साउन १८, दाङ ।  लुम्बिनी प्रदेशसभा सदस्य बिमला विमला कुमारी खत्री (ओली) पुनः एमाले प्रवेश गरेकी छिन् । एमाले लुम्बिनी प्रदेशका प्रमुख सचेतक भुमेश्वर ढकालका अनुसार उनी आत्मालोचना गर्दै पुनः एमाले प्रवेश गरेकी हुन् ।  प्रदेशसभाको उपनिर्वाचनमा नेकपाबाट निर्वाचित प्रदेशसभा सदस्य ओलीले गत वैशाख १९ मा माओवादी केन्द्र रोजेकी थिईन् ।

केही दिन यता बेपत्ता रहेकी ओली पुनः पुरानै आफ्नै घरमा फर्किएको ढकालले जानकारी दिए । गत शुक्रबारदेखि बेपत्ता भनिएकी सांसद बिमला एमाले पार्टी प्रवेश गरेसंगै उनी सम्पर्कमा आएको ढकालले जानकारी दिए ।  नागरिक दैनिक

प्रकाशित मिति : २०७८ साउन १८ गते सोमबार
Translate »