थप ३३८३ जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु

साउन १९, काठमाडौं । मंगलवार पछिल्लो २४ घण्टामा थप ३ हजार  ३८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल १६ हजार ७१८ जनाको नमूना परीक्षण गर्दा ३ हजार  ३८३ जनामा संक्रमण देखिएको हो ।

१० हजार ६३८ जनाको नमूना पिसिआर परीक्षण गर्दा २ हजार ४४८ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ६ हजार ८० परीक्षण गर्दा ९३५ जनामा संक्रमण देखिएको हो ।

त्यस्तै सोही अवधिमा देशभर २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार मंगलवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट २४ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९२२ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३२ हजार ५९ पुगेको छ । यसैगरी, मंगलवार १ हजार ९९४ जना निको भएसँगै हालसम्म ६ लाख ६० हजार ११६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

Translate »