ज्योति विकास बैंकको नयाँ बचत योजना

 

ज्योति विकास बैंकले सेयर बजारमा लगानी गर्न इच्छुक नयाँ लगानीकर्ताहरुलाई लक्षित गर्दै शुन्य मौज्दातमा बचत, डिम्याट खाता र मेरो सेयर लगायतको ३ वटै सुविधा भएको ज्योति स्मार्ट सेभिङ बचत योजना सार्वजनिक गरेको छ ।
बचत सँगसँगै डिम्याट खाता र मेरो सेयर सुविधा लिई लगानी गर्न सहज तथा सरल गराउने उद्देश्यले ग्राहकहरुको लागि ज्योति स्मार्ट सेभिङ खाता सञ्चालनमा ल्याएको छ । यस बचत खातामा ग्राहकहरुले शुन्य मौज्दातमै विभिन्न सुविधाहरु पाउने बैंकले जनाएको छ ।
यसका साथै बचत खातामा महिला निक्षेपकर्ताहरुका लागि ज्योति लकर सुविधाको वार्षिक सेवा शुल्कमा ५०५ छुट र धितो रकममा ३०५ छुटको सुविधाहरु पनि रहेका छ । ज्योति स्मार्ट सेभिङ खाता बैंकको सम्पूर्ण १०५ शाखाहरु र अनलाइनमार्फत् पनि खोल्न सकिने बताइएको छ । ज्योति विकास बैंक ग्राहक केन्द्रित भई ग्राहकहरुको आवश्यकता र मागहरुलाई अनुसरण गर्दै नवीनतम सुविधाहरु ल्याई ग्राहकहरुको बैंकसँगको कारोबारलाई थप दीर्घकालिन र प्रभावकारी बनाउन सक्रिय रहँदै आएको बताएको छ । (कारोबार)

Translate »