भूमि आयोग खारेजीको निर्णय अविलम्बम सच्याउ : एमाले

नेकपा एमालेले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय प्रति सरकारको  ध्यानकर्षण गराउँदै अविलम्ब सच्याउन माग गरेको छ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बुधवार प्रेस विज्ञप्ति गारी गर्दै  बर्तमान सरकार जनताप्रति उत्तरदायी नरहेको आरोप लगाए ।

जनताको मौलिक हकमाथि प्रहार गर्ने सरकारको निर्णयको निन्दा गर्दे संविधानले सुनिश्चित गरेको मौलिक हकको हनन गरेको विज्ञप्तीमा उल्लेख छ ऐन बमोजिम गठन भएको आयोज खारेजीले सरकार दलित र भमिहीन विरोधी रहेको पुष्टि भएको दावी छ ।

१२ लाख भन्दा बढी भूमिहीन सुकुमबासीहरुले जग्गा पाउने बेलामा आयोग खारेजी गरिएको भन्दै राजनीतिक प्रतिशोध र पुर्वाग्रहका आधारमा आयोग विघटन गर्ने निर्णय खारेज गर्न एमालेले माग गरेको छ ।  (नागरिक)

Translate »