२०८३ असोज ५ , सोमबार
Sky News Nepal
September 21, 2026

सरकारले साउन २५ गतेदेखि खोप सप्ताह मनाउने



काठमाडौँ– सरकारले साउन २५ गतेदेखि खोप सप्ताह मनाउने भएको छ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले मंगलबार प्रतिनिधिसभाको स्वास्थ्य तथा शिक्षा समितिको बैठकमा ६५ वर्षमाथिका १४ लाख जेष्ठ नागरिकलाई खोप लगाएर साउन २५ देखि ३२ गतेसम्म खोप सप्ताह मनाउने जानकारी दिएका हुन्।

उनले आगामी असोजसम्म थप १ करोड ५ लाख खोपको व्यवस्था गर्ने उनले बताए। राज्यमन्त्री श्रेष्ठका अनुसार हालसम्म कोरोनाविरुद्धको ९७ लाख डोज खोपको व्यवस्था भइसकेको छ।
स्वास्थ्य मन्त्रालयले आगामी चैतसम्म ५ करोड २५ लाख खोपको व्यवस्था गरिसक्ने गरी तयारी अगाडि बढाएको उनले बताए।
यस्तै साउन २२, २३ र २४ गते जेष्ठ नागरिकलाई भेरोसेल खोपको दोस्रो मात्रा दिइने उनले जानकारी दिए। (देश सञ्चार)

प्रकाशित मिति : २०७८ साउन २१ गते बिहीबार
Translate »