२०८३ असोज २८ , बुधबार
Sky News Nepal
October 14, 2026

गरीबलाई नि:शुल्क बिजुली दिने तयारी अन्तिम चरणमा छ : मन्त्री भुसाल



 साउन २१, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले गरीबीको रेखामुनि रहेका जनतालाई निस्शुल्क विद्युत दिने तयारी निष्कर्षमा पुग्न लागेको बताएकी छन् ।

बिहीबार मन्त्रालयमा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीहरुसँगको छलफलमा मन्त्री भुसालले आफूले गरीबीको रेखामुनि रहेका जनतालाई निस्शुल्क विद्युत उपभोग गर्न दिने गरी तयारी अगाडि बढाएको बताइन् । विद्युतको घरेलु उपयोग जसले बढी गर्छ, उसलाई विद्युत महशुल पनि कम गर्ने गरी आफूले तयारी गरिरहेको उनले जानकारी दिइन् ।उनले भनिन्, ‘गरीबीको रेखामुनि भएका आधारभूत जनता, उनीहरुलाई कहिँ राहत दिनुपर्छ भनेर निस्शुल्क विद्युत दिने गरेर एउटा तयारी गरिरहेकी छु । करीब करीब हामी त्यसको निकर्षमा पुग्दैछौँ । घरेलु उपभोग बढाउनको निम्ति जसले बढी बाल्छ, उसलाई अलिकति रेट कम होस् भन्ने उद्देश्यका साथ त्यसको तयारी गरेकी छु मैले ।’

ऊर्जा मन्त्री भुसालले सबै कृषियोग्य भूमिमा सिँचाई पुर्‍याउनको निम्ति पनि आफू क्रियाशील रहने बताइन् । सिँचाईको निस् शुल्क सेवा दिन सके विदेशी तेल खपत गरेर पम्प, मोटर चलाउनुपर्ने अवस्थाको अन्त्य हुने र राष्ट्रिय अर्थतन्त्र बढ्ने उनले बताइन् । सिँचाइको सुविधा पुर्‍याएर युवा जनशक्तिलाई कृषिमा आकर्षित गर्ने योजना रहेको उनले उल्लेख गरिन् ।

मन्त्री भुसालले भनिन्, ‘सबै कृषि योग्य जमिनमा सिँचाई पुर्‍याउने । सिँचाईलाई पनि हामीले आधारभूत र निस् शुल्क ढंगले सेवा दिन सक्यौ भने विदेशी तेलको खपत गरेर पम्प, मोटर चलाएर सिँचाई गर्ने व्यवस्थालाई हामीले अन्त्य गर्न सक्छौ। त्यसले राष्ट्रिय अर्थतन्त्रमा उत्पादकत्व बढाउने कुरा र पेट्रोलियम पदार्थमा विस्थापित गर्ने कुरा सँगसँगै कृषिप्रति युवा जनशक्तिको आकर्षण हुन्छ भन्ने मान्यता हो ।’(अनलाइनखबर)

प्रकाशित मिति : २०७८ साउन २१ गते बिहीबार
Translate »