थप ३९३८ जनामा कोरोना संक्रमण पुष्टि, ३७ जनाको मृत्यु

साउन २१, काठमाडौं । नेपालमा विगत २४ घण्टामा ३ हजार ९३८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार दिएको जानकारी अनुसार उक्त अवधिमा ११ हजार ८७० ओटा पीसीआर परीक्षण गरिएकोमा ३ हजार ७ जना र ६ हजार ५३८ ओटा एन्टिजेन परीक्षणमा ९३१ जना गरी कुल ३ हजार ९३८ जनामा संक्रमण पुष्टि भएको हो ।


उक्त अवधिमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ हजार १२ रहेको  मन्त्रालयले बताएको छ । यसैगरी सो अवधिमा कोरोना  संक्रमणका कारण ३७ जनाको मृत्यु भएको छ ।योसँगै नेपालमा  कोरोना  संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९९४ पुगेको छ ।

मन्त्रालयका अनुसार  नेपालमा योसहित कोरोना संक्रमितको कुल संख्या ७ लाख ८ हजार ७९ पुगेको छ । हालसम्म ६ लाख ६३ हजार ६६३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३४ हजार ४२२ जना रहेको छ ।

Translate »