सल्यानमा ट्रक दुर्घटना : दुई जना घाइते

सल्यान । सल्यानमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । शुक्रवार बिहान दाङबाट सल्यान श्रीनगर धानको भुस लिएर आउँदै गरेको लु १ ख ७३५१ न ट्रक सल्यान त्रिवेणी गाउँपालिका –६ सल्लेखोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा परी ट्रक चालक दाङ तुलसीपुर उपमहानगरपालिका –५ का २५ वर्षीय बाबुराम परियार र सह चालक दाङ शान्तिनगर गाउँपालिका –६ का १७ वर्षीय गणेश नेपाली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

विपरीत दिशाबाट आइरहेको पिक अप जिपलाई साइड दिने क्रममा अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए । ट्रक सडकबाट करिब १ सय ५० मिटर तल खसेको छ ।

Translate »